आजको दिनसम्म आइपुग्दा, सम्पूर्ण व्यवसाय अनलाइन उपस्थित हुने क्रम बढ्दो छ। त्यस्तै, आफ्नो सामान तथा उत्पादन बेच्नको लागि वेबसाइट अनिवार्य बन्दैछ। हरेक वर्ष, धेरै व्यवसायहरुले आफ्नो छुट्टै वेबसाइट खोलिरहेको देख्न सकिन्छ। अहिलेको डिजिटल समयमा वेबसाइट एक भरपर्दो र प्रभावकारी माध्यम हो, जहाँ तपाईले आफ्नो व्यवसायलाई अनलाइन स्थापित गरेर आफू र आफ्नो सामान तथा उत्पादनलाई फराकिलो समुदायमा चिनाउन सक्नुहुन्छ। 

जब तपाईले आफ्नो सामान तथा सेवा वेबसाइटको माध्यमबाट संसारभरि नै बेच्न सक्नुहुन्छ भने किन भौतिक रूपमा मात्र सिमित हुने त? यस ब्लगमा, हामी आफ्नै वेबसाइटबाट अनलाइन सामान तथा सेवा बेच्न सक्छौं र यो एक प्रभावकारी माध्यम हो भन्ने बारे अन्वेषण गर्नेछौं। 

१.       इन्टरनेटको पहुँच: अहिलेको समायमा त्यस्तो कुनै ठाउँ नहोला, जहाँ इन्टरनेट चल्दैन या भनौं कसैले इन्टरनेट चलाउँदैन! यो समयमा सबै मानिसहरुसँग इन्टरनेटको पहुँच छl कुनै पनि मानिसको दिन मोबाइल हेरेर शुरु हुन्छ भने दिनको अन्त्य पनि मोबाइल हेरेरै हुन्छ। यस्तो अवस्थामा हामीले आफ्नो व्यवसायको वेबसाइट बनाएर आफ्नो सामान तथा सेवा अनलाइन बेच्न सक्छौं। 

२.       व्यस्त जनजीवन: अहिले मानिसहरुको इच्छा र आकांक्षा बढ्दो छ। उनीहरु जतिसक्दो धेरै काम गरेर आफ्नो भविस्य सुन्दर गर्ने दौडमा व्यस्त छन्। यहि समयमा हामीले हाम्रो सामान तथा उत्पादनलाई अनलाइन प्रदर्शन गर्यौं भने त्यस्ता व्यस्त मानिसहरु माझ पनि पुग्न सक्छौं, जो हामीसम्म पुग्न सक्दैनन्। त्यस्ता व्यक्तिहरु, जो व्यस्तताका वाबजुद आफ्नो किनमेललाई थाँती राखेर दौडधुप गरिरहेका छन्, उनीहरु माझ आफ्नो उत्पादनहरुलाई अनलाइन मार्फत् सजिलै पुर्याउन सकिन्छ।  

३.       धेरै विकल्प: सबै मानिसहरुलाई एकै किसिमको सामान मनपर्छ भन्ने छैन र सधैं एकै ठाउँबाट मात्रै किन्छन् भन्ने पनि छैन। अनलाइन एक त्यस्तो सुविधा हो, जहाँ कुनै पनि व्यक्ति आफ्नै ठाउँमा बसेर, कहिँ नगई पनि धेरै भन्दा धेरै सामान र सेवाको उपभोग गर्न सक्छन्। त्यस्तोमा आफ्नो सामान आकर्षक र गुणस्तरीय छ भने ग्राहकहरु खोज्दै आउने गर्छन्। तपाईको उत्पादन र सेवाहरु ग्राहक माझ पुर्याउन आफ्नो छुट्टै वेबसाइट बनाएर अनलाइनमा एउटा अतिरिक्त विकल्पको रूपमा आफुलाई प्रस्तुत गर्न सक्नुहुन्छ।  

४.       कम झन्झटिलो: परम्परागत शैली हेर्ने हो भने, हामी बिहे तथा कुनै समारोह आयोजना गर्नु पर्दा, कुन ठाउँ ठीक होला? कहाँ कति सम्म मान्छे अटाउलान्? भनेर खोज्दै हिँड्नुपर्थ्यो, त्यस्तै १ महिना अघि देखि नै – के लगाउने? के उपहार दिने? भनेर धेरै ठाउँ चहार्नुपर्थ्यो, तर अहिले कहिँ जान आवश्यक नै छैन! आफुलाई आवश्यकता अनुसारको ठाउँ, आफ्नो साइज, आफुले खोजेको जस्तो उपहार, सबै आफ्नो ठाउँबाटै निश्चित गर्न सकिन्छ। दिनभरी विभिन्न ठाउँ धाइरहनु नपर्ने भएपछि मानिसहरु अनलाइनतिर आकर्षित छन्। त्यस्तै, तपाईले आफ्नो उत्पादनहरु वेबसाइटमा सूचीकरण गरेर व्यावसायिक तरिकाले प्रस्तुत हुनुभयो भने व्यवस्थित ढङ्गबाट अनलाइन सामान बेचेर पनि झन्झट कम गर्न सक्नुहुन्छ।    

५.   सामाजिक सञ्जालभन्दा विश्वासिलो: धेरै मानिसहरु लहलहैमा लागेर, अर्काको देखासिकीमा सामाजिक संजाल मार्फत् सामान बेच्ने गर्छन् र निरन्तरता, गुणस्तर अनि व्यावसायिकताको कमिले बिचमै छाड्छन्, त्यसैले सामाजिक संजालबाट सामान बेच्न र किन्न कम विश्वसनीय हुन्छ। वेबसाइटमा तपाईको व्यवसायको सम्पूर्ण जानकारी, ठेगाना, तपाईको सामानको पूर्ण विस्तार र ग्राहकहरुलाई चाहिने सम्पूर्ण जानकारी विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ, जसले गर्दा वेबसाइटले ग्राहकको विश्वास प्राप्त गर्छ र तपाईको व्यापार तीव्र गतिमा अघि बढ्छ।

तपाईको अनलाइन व्यवसायलाई विस्तार गर्न र व्यापार बढाउन वेबसाइटले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आफ्ना उत्पादन तथा सेवाहरु बेच्न, फराकिलो क्रेताहरुसम्म पुग्नको लागि वेबसाइट एक उत्तम र उचित माध्यम हो। त्यसैले, प्रयोग गर्न सजिलो, भरपर्दो, सरल र आवश्यक सुविधाहरु भएको वेबसाइट बनाउन जरुरी छ।  अनलाइन मार्फत् व्यापक जनमानस समक्ष पुग्न सकिने भएकोले आफ्नो वेबसाइट स्थापित गर्न सक्नुभयो भने फराकिलो समुदायसम्म आफ्नो उत्पादनको सफल तरिकाले बजारीकरण गर्न सक्नुहुनेछ। आफ्नो व्यवसायको विस्तार गर्नुहोस् र आफ्नो उत्पादन तथा सेवाहरु वेबसाइटको माध्यमबाट संसारभरि नै बेच्नुहोस्।